Thursday, April 3, 2014

Maha Jodi #fotosoto



The place nearby my office at Jwagal, run by Mohit ji, attracts these personalities occasionally. Was there to eat some food with a food master talking about how tech can leverage the talents of master chefs. And suddenly - Maha / मह . 
 
चिना हराएको पुस्तक लेखेर थप गुन लगाउनु भयो हरिवंश दाईले । 



Saturday, March 22, 2014

गरम मसला

कसले भनेर हुन्छ र - जिन्दगी यसो सही अनि त्यसो गलत । भोग्दै जाने हो, झेल्दै जाने हो । हिन्दै गर्दा बाटोमा लाग्न सक्ने ठेस र केराका बोक्राहरु आयसी टर्छन । यात्रा सुरु हुँदा सोच बनाउन, भबितब्यको लेखा-जोखा राख्न र एउटा खाका बनाउन सकिएला तर समय धाराको टूटी खोलेको र बन्द गरेको जस्तो गर्दै मात्रा मिलाएर उपयोग गर्न अनि टूटी आधी थुनेर प्रेसरमा टाढा पुर्याउन मिल्ने चीज हैन । परिस्थितिहरुले मागेको अबस्थाको भोगी बन्नु कसैको चाह बनिदिन्छ अनि कसैको बाध्यता ।

यो दुनिया मान्छेको हो । मान्छेले बनाएको हो । यसमा कसरी जुझ्ने भन्ने मान्छेको मनको कुरो हो । आफ्ना सोच, सिप, अनुभब र सपनालाइ सर्बस्व सुम्पेर समयसँग टिक टिक हिड्न नसक्नु आफ्नो कमजोरी हो । र त्यो आफ्नो कमजोरी हो भनेर बुझ्न, आत्मसाथ गर्न र त्यसलाई सुधार्न लागी पर्न नसक्नु रोग हो । पीडा हो । बन्धन हो । परिबन्धन हो । निर्भरता हो । सन्कोच हो । बोझ हो । अबुझ हो । अज्ञान हो । जिद हो । अन्धकार हो । अशिक्षा हो ।

दृश्य, लबज, बासना, स्वाद र स्पर्स बुझ्ने तन्तु हरुले सन्तुलिन क्रियाकलाप गर्न सकेनन भने मान्छेले सुन्दैन, बुझ्दैन अनि मनन गर्न सक्दैन र आफुलाई आफ्नो रुपमा स्विकार्न सक्दैन । मैले म यस्तो छू भनेर आफैले नमाने अरु कोले मान्ला र । आफुलाई नचिन्ने ले अरुलाई कसरी चिन्ला र ।

आफूले बोलेको आफूले मात्रै सुन्दा मजा आई राख्दैन । त्यसैले सम्बाद जरुरि छ । तर आफ्नो समय, नितान्त आफ्ना सोच हरुको समय हो । आफूले सुन्न बोल्नु पर्दैन, मनन र चिन्तन जरुरी छ । त्यो गर्न धैर्यता जरुरी छ । यी क्षणिक पलहरु मा हुने कुरा हुन । बुझाई झिल्को जस्तो हुन्छ, एक पलले मान्छे अर्कै मान्छे बनाई दिने तागत राक्छ । र परिबर्तन यिनै कुनै एक पलबाट सुरु हुने कुरो हो ।

समय यस्तो बनीदियो की मान्छे चाहेर पनी चिन्तन गर्न नसक्ने अबस्थामा छ । प्रबिधिको बिकासले अरु र आफ्नो बिचको दुरी घटायो तर आत्मीयता ? आत्मीयता पूर्ण भोगाई हो । सम्पूर्ण इन्द्रियले भोगेको आत्मीयता केबल हेराई र सुनाइले प्रगाढ नबनाउला । र त एक दुई फिट दुरिमा कुनै माहोल जमाएर आँखामा आँखा जोरेर बोलीको रिदममा झुलेर चियर्स गर्दै मारेका बातहरुको घनत्व बढी हुने ।

ज्ञानी हरु आफ्ना इन्द्रियहरु आफ्ना लागी बनेका हैनन भन्छन। आँफू खाऊ आँफू लाऊ र आँफै बोलुँ अनि सबै मैलेई भनेको होस । यस्तो सोच मनमा बारम्बार आउछ भने त्यो प्राणी स्वार्थी हो । स्वार्थी हुनु नराम्रो भनेको हैन, बस के भने त्यसको बिपरीत सोच्ने हरु पनी छन भनेर स्विकार्नु पनी सक्नु पर्छ भनेको हो ।

प्रख्यात जति छन सबै जन्मे त अरु कसैका लागी जन्मे तर जीबन सरल र जिबनमा सन्तोष यो बुझाईले देला र ? बुझाई, भोगाई र गराईको सहकार्य सम्भब छ ? सहकार्य को लागी स्पष्टता जरुरी छ, स्पस्टताको लागी सम्बाद । एउटा चारकुने बाक्सा अघि बसेर प्रबिधिको माध्यमले दिनमा सय ब्यक्ति सँग चिरबिर गर्दा उपलब्धि ठान्ने जमातमा कफीको चुस्की लिदै बैचारिक बिबादमा रम्नुको अर्थ बुझ्ने छैनन भनेको हैन । छन् । तर के भने जिन्दगि परिकार भए बुझाई, भोगाई अनि साथ त्यसका स्वाद हुन् ।